Ad Image

आयात कर ९० दिन रोक्ने ट्रम्पको घोषण, सेयर बजारमा उछाल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744258429.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले चीन विरुद्ध आयात कर १ सय २५ प्रतिशत पुर्याएका छन् । उनले चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन् । ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन् । उनले विश्वका ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् । उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

 

ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गरेका छन् । ​​​​​ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै एसियाली सेयर बजारहरुमा सुधार देखिएको छ। जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको सेयर बजारमा सुरुवाती उछाल देखिएको छ।  साथै अमेरिकी सेयर बजारमा पनि सुधार देखिएको छ।

 

ट्रम्पले बढाएको आयातकर विरुद्ध चीनले लगातार जवाफ दिएपछि ट्रम्पले अन्य मुलुकका लागि घोषित आयात कर तत्काललाई ९० दिनका लागि रोक लगाउँदै चीनका विरुद्धमा १ सय २५ प्रतिशत पुर्याउने घोषणा गरेका थिए ।   

 

सुरुवमा विश्वभर नयाँ आयतकर घोषणा गर्दा ट्रम्पले चीन विरुद्ध ३४ प्रतिशत थप करको घोषणा गरेका थिए। जसका कारण चीनीया सामानमा कुल ५४ प्रतिशत कर पुगेको थियो। त्यसपछि चीनले पनि प्रतिशोधात्मक रुपमा अमेरिकी आयातमा ३४ प्रतिश कर लगाउने घोषणा गरेको थियो।

 

त्यसपछि अमेरिकाले चिनिया सामानमा आयातकर १०४ प्रतिशत पुर्याए भने जवाफमा चीनले ८४ प्रतिशत आयतकर घोषणा बुधबार मात्र गरेको थियो । बुधबारनै चीनले अन्य देशका लागि घोषित आयतकर ९० दिनलाई रोक्दै चीनलाई १ सय २५ प्रतिश आयतकर घोषणा गरेका थिए।