Ad Image

दुलेगौडा–हर्कपुर मार्गमा धमाधम सडक कालोपत्र गर्दै शुक्लागण्डकी नगरपालिका

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744259193.jpg

तनहुँ  । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।
 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उनले बताए ।