Ad Image

दुर्गा प्रसाईँ भारतमा पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744299629.jpeg

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

 

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि त्यहाँबाट फरार भएका थिए ।

 

प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।

 

उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईँको परिवारले पनि पुष्टि गरेको छ। परिवार स्राेतले प्रहरीले  प्रसाईँलाई पक्राउ गरेको नभई सुरक्षाका लागि उनी आफैँ आसाम प्रहरीको सम्पर्कमा पुगेको बताएकाे छ।

 

प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।


स्राेतका अनुसार विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको तर प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए।

 

तर,  हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए ।