बल्ल प्रहरीले औपचारिक रुपमा भन्यो– दुर्गा प्रसाईँ र उनका अंगरक्षक दिपक खड्का पक्राउ परे


काठमाडौं । भारतमा बिहीबार पक्राउ परेका दुर्गा प्रसाईँ र उनका सहयोगीलाई नेपाल प्रहरीले आज नेपाल ल्याइसकेको छ ।
नेपाल ल्याएसँगै प्रहरीले औपचारिक रुपमा दुर्गा प्रसाईँ र उनका सहयोगी दिपक खड्का पक्राउ परेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । बिहीबार भने प्रहरीले औपचारिक रुपमै दुर्गा प्रसाईँ पक्राउ नपरेको जनाएको थियो ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका थिए। उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईँको परिवारले दाबी थियाे। परिवार स्राेतले प्रहरीले प्रसाईँलाई पक्राउ गरेको नभई सुरक्षाका लागि उनी आफैँ आसाम प्रहरीको सम्पर्कमा पुगेको बताएकाे थियो।
प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
स्राेतका अनुसार विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको तर प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए।
तर, गएकाे बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए ।