सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३ हजार ९०० रुपैयाँले बढ्यो


काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज तोलामा तीन हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।