Ad Image

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744527057.jpg

तनहुँ । ब्यास नगरपालिका–५, मोचाबारीस्थित सडकखण्डमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ग १ ख ५८७५ नम्बरको टिपर र ग २५ प ५५२ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।

 

मृतक स्कुटर चालक ब्यास नगरपालिका–५, माथिल्लो पाटन निवासी ३० वर्षीय मनिष आले मगर रहेका छन् ।

शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । तर उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो ।

 

उक्त स्कुटरमा सवार अर्की एक महिला घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको जनाइएको छ ।

 

दुर्घटनापछि टिपर चालक फरार रहेका छन् । हाल उनीविरुद्ध प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।