ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु


भोजपुर । भोजपुर नगरपालिका–३, सेतीबगरस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बोखिमबाट छिनामखु तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर शनिबार राति सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टरमा सवार भोजपुर नगरपालिका–५ निवासी ५२ वर्षीय निरप्रसाद फुयाल र ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।