चारदेशीय टी–२० शृङ्खला : नेपाल कुवेतसँग ३ रनले पराजित


काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।
नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाए । नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए ।
यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो । कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २र२ विकेट लिए । प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।
यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनमात्रै बनाउन सक्यो ।