Ad Image

जुम्लाको तातोपानी गाउँपालिकामा लिफ्ट सिँचाइ आयोजना निर्माण

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744778701.jpg

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।

 

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

 

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुई वटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।

 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार  आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।