आइसीसी यु–१९ विश्वकप छनोट: हङकङविरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौं । नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ । आइसीसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।
नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रँदैछ । यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।