Ad Image

डोटीको दिपायल सिलगढी नगरपालिकामा पर्यटक प्रहरी चौकी स्थापना

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744780412.PNG

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी राखेर चौकी स्थापना गरिएको हो ।

 

खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि चौकी स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

 

पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा चौकी स्थापना गरिएको पालिकाले जनाएको छ ।