Ad Image

यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटनाबारे गृहमन्त्रीको चासो, छानबिन गर्न निर्देशन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744782589.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी युवती  मंगलबार झुण्डिएको अवस्थामा भेटिएको घटनाबारे छानबिन गर्न गृहमन्त्री लेखकले आईजीपी दीपक थापालाई निर्देशन दिएका हुन् ।

 

सिराहा जिल्लाको नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय गत पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला यौन दुर्व्यवहारमा परेकी थिइन् । दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर दुवै जना अहिलेसम्म पक्राउ परेका छैनन् ।

 

यता मंगलबार ती युवती भने नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी छन्। उक्त घटनाबारे चासो राख्दै गृहमन्त्री लेखकले छानबिन गर्न निर्देशन दिएका छन् ।