रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या


काठमाडौं । रामेछापबाट लुक्ला जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।
सीता एयरको जहाजमा हायड्रोलिक समस्या देखिएपछि बुधबार बिहान १०: ०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराइएको हो ।
जहाजमा १४ जना यात्रु थिए। यात्रुहरू सकुशल रहेका छन्। जहाज अवतरणपछि ६ मिनेटलाई विमानस्थल बन्द गरिएको थियो।
अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।