Ad Image

वैतेश्वर गाउँपालिकाको मुख्य चोक तथा सीमा नाकाहरूमा सिसी क्यामेरा जडान

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744808526.jpg

दोलखा । वैतेश्वर गाउँपालिकाले सुरक्षालाई मध्यनजर गर्दै मुख्य चोक तथा सीमा नाकाहरूमा सिसी क्यामेरा जडान गरेको छ । गाउँपालिकाका प्रवक्ता श्यामकुमार तामाङ घिसिङले लुटपाट, चोरी, डकैती तथा आपराधिक घटना रोकथाम तथा अनुसन्धानमा सहज बनाउन सिसी क्यामेरा जडान गरेको जानकारी दिए । 

 

पालिकाले चालु आर्थिक वर्षमा सिसी क्यामेरा जडानका लागि १० लाख बजेट विनियोजन गरेको थियो । अहिलेसम्म विभिन्न नाका तथा सार्वजनिक स्थानहरूमा र अधिकांश वडा कार्यालयहरूमा सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाका कम्प्युटर इन्जिनियर रोशन कुमार गिरीले जानकारी दिए । 

 

वैतेश्वर गाउँपालिकाको नाका भीमेश्वर नगरपालिका, तमाकोशी गाउँपालिका र जिरी नगरपालिकासँग जोडिएको छ । यी तीन नाकाहरूमा अत्याधुनिक प्रविधिका पि.टी.जेट क्यामेरा जडान गरिएको इन्जिनियर गिरीले बताए । 
 
गाउँपालिकाले इन्टरनेटका लागि अप्टिकल फाइबर बिछ्याउना तयारी पनि गरेको छ । इन्टरनेट नपुगेको ठाउँमा सिसी क्यामेरा र इन्टरनेट विस्तार गर्ने योजना रहेको गिरीले बताए ।