Ad Image

कञ्चनपुरका २२ वर्षीय युवकले इसेवा ह्याक गरेर चोरे १ करोड बढी रकम

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744809723.png

काठमाडौं । डिजिटल वालेट इसेवाको चार हजार अकाउन्ट ह्याक गरेर एक करोड २ लाख रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । 

 

उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए ।  चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए।  ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने।

 

इसेवाले अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए।  ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने। प्रहरीका अनुसार बुढाले ती चार हजार व्यक्तिलाई एसएएमएस पठाए । उक्त म्यासेज 'द अलर्ट', एटी अलर्ट (AT_Alert) नामका थिए। ती ठगीका लिंक थिए।

 

बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न लगाउँथे । ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्‍याएर रकम चोरेको जिसीको भनाइ छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए। बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।