Ad Image

२४ वर्ष देखि फरार प्रतिवादी पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744884621.jpg

झापा । ठगी मुद्दामा  २४ वर्षदेखि  फरार  प्रतिवादीलाई प्रहरीले पक्राउ  गरेको छ ।  पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका -१ बस्ने ६१ वर्षीय नरबहादुर विक रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले मंगलबार बेलुकी  विकलाई  पक्राउ गरेको हाे ।



ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला सुनाइएकाे थियाे ।  


फरार रहेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकाेमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।