कपिलवस्तुमा २ लाख ५५ हजार बराबरको विभिन्न धनमाल चोरी


कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा नगद र सुनका विभिन्न गरगहना गरी २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएकाे छ ।
बुधबार साँझ कपिलवस्तु नगरपालिका- १ आनन्दबाग डेरा गरी बस्ने सोही नगरपालिका-३ भिक्षुचोक घर भएका २८ वर्षीय धनपथ कोहारको कोठाबाट नगद र सुनका विभिन्न गरगहना चाेरी भएको हाे ।
चोरीमा संलग्न व्यक्तिको खोजी भईरहेकाे साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।