Ad Image

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744945848.jpg

सिरहा । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहिताको बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो ।

 

गहुँ खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।