Ad Image

इच्छाकामना गाउँपालिकाको नवनिर्मित भवनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744946866.jpg

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको नवनिर्मित चार तले प्रशासकीय भवनको आज उद्घाटन गरिँदै छ । प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट इच्छाकामना गाउँपालिका आउने छन् ।
 
चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा बनेको भवनको भुईँ तलामा प्रशासनिक कार्यालय, लेखा, सामाजिक विकास शाखा छन् । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कक्ष, दोस्रो तलामा शिक्षा स्वास्थ्य, पञ्जीकरण, प्रधानमन्त्री रोजगार शाखा, तेस्रो तलामा सभा हल रहेको छ ।
 

यसैबीच प्रधानमन्त्री ओलीले आजै भरतपुरमा बनेको ६ लेनको सडक, एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन र नारायणगढ बुटवल तथा कालीगण्डकी कोरिडोरको समेत अनुगमन निरीक्षण गर्ने कार्यक्रम छ ।