गभर्नरका लागि योग्यता नपुगेको भन्दै गुणाकर भट्टविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै भट्टविरुद्ध शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता भएको हो ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले निवेदन दर्ता गराएका हुन् । उनीहरुले आइतबार नै पेसीमा चढाउने गरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरेको जानकारी दिएका छन्। निवेदनमा दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी गरिएको छ ।
डा.भट्टले शुक्रबार बिहान कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् ।