Ad Image

जनमत पार्टीका कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745147713.PNG

काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।  


जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।


ललितपुर प्रहरीमा उनीबिरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले बताए ।