Ad Image

राप्रपा प्रदर्शनमा पक्राउ परेका राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745151940.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ ।


नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमापुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।


छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।

 

उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।