Ad Image

फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745151283.jpg

काठमाडौँ । ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन् ।


शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो । स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन् ।


दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा उनी गेस्टका रूपमा सहभागी हुनेछन् । मंगलबार साँझ एलओडी क्लबमा कार्लोसको विशेष उपस्थिति रहने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।


विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्येका एक कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए ।