Ad Image

आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अध्यक्ष ढकालको अनुरोध

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745150269.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।


नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताए ।


“नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ । विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ”, उनले भने । उनले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको बताए ।


त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, युएइका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।