रौतहटमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ


रौतहट । रौतहटको मौलापुर नगरक्षेत्रबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार दिउँसो मौलापुरको वडा नम्बर ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । मोटरसाइकल चालक भारतीय नागरिक ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।