आन्दोलनबाट घर फर्किएका शिक्षक बाटोमै अस्ताए


काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किरहेका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परेर ज्यान गएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटनामा ज्यान गएको हो ।
आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुम्रे–बेंसीसहर सडकमा उनी सवार माइक्रो बा २ ख ४०२२ विपरीत दिशाबाट आएको स्कुटर ग २६ प ४०५८ सँग ठक्कर खाँदा घले र स्कुटरमा सवार ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।