वनकरिया र चेपाङलाई शैक्षिक विद्यालय पोसाक र सामग्री वितरण


बागमती । लोपोन्मुख जाति वनकरिया र चेपाङका ४७ बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
अमेरिकी सहयोगी संस्था ‘माद्रे’को सहयोगमा राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चले कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो । मकवानपुरको मनहरी गाउँपालिका–४ मसेधापमा आयोजित कार्यक्रममा सो वडाका वडाअध्यक्ष प्रकाश थापाले वनकरिया जातिका २२ तथा चेपाङ २५ बालबालिकालाई पोसाक, जुत्ता, झोला र स्टेशनरी सामाग्री वितरण गरेका हुन्।
यस्तै विद्यालयमा अध्ययनरत वनकरिया जातिका ५१ बालबालिकालाई कापी, डट्पेन, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको राष्ट्रिय आदिबासी जनजाती महिला मञ्चका फिल्ड संयोजक सनिला लामाले जानकारी दिइन्।