Ad Image

पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा डुबेर बेपत्ता

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745231072.jpg

रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।


सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् ।


नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए ।