Ad Image

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745397976.jpg

काठमाडौँ । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति भएको छ ।


नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको उल्लेख छ ।


अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ । संघीय निजामती सेवा ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुनेछ । उक्त अवधि समाप्त भएपछिको एक वर्षसम्म ५९ वर्ष छ महिना र उक्त अवधि समाप्त भएपछिको छ महिनासम्म ६० वर्ष भन्ने उल्लेख छ ।


सरकारले विधेयकमा ५८ वर्षबाट सिधै ६० वर्षे उमेर हद प्रस्ताव गरे पनि उपसमितिले छलफल गरी चरणबद्ध रूपमा उमेर हद बढ्दै जाने विषयमा सहमति जुटाएको थियो ।


समितिबाट निजामती सेवा ऐन पास गर्ने तयारी छ ।