Ad Image

उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745411312.png

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय उर्जा, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ ।


मन्त्री खट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।


‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यी नै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने ।


उनले नपाल र भारत सरकारबिच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए ।