Ad Image

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745411332.jpg

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।