Ad Image

श्रीमतीको हत्या गरी फरार पुरुष पक्राउ

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745426477.jpg

काठमाडौं । शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् । यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

काठमाडौं परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा निज तामाङलाई नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी निजमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।