बेहोस अवस्थामा भेटिएका बेदकोट नगरपालिका–९ का वडाध्यक्षको निधन


काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडा अध्यक्ष जनक विष्टको निधन भएको छ । बुधबार दिउँसो बेहोस अवस्थामा भेटिएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष विष्ट बेदकोट नगरपालिका–३ मा पर्ने बेदकोट ताल नजिकै जंगलमा बेहोस अवस्थामा फेला परेका थिए । विष्टले विषादी सेवन गरेको आशंकामा घटनास्थल नजिक खोजी भइरहेको प्रहरीले जनाएको छ।