Ad Image

हेटौंडा उप-महानगरपालिकामा दुई करोड लागतमा दुई वटा कल्भर्ट निर्माण

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745478469.jpg

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले दुई करोड १० लाख लागतमा दुई वटा कल्भर्ट निर्माण गरेको छ । 

 

उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौंडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा कल्भर्ट निर्माण गरेको हो ।

 

हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् । पालिकाका अनुसार एउटा कल्भर्ट एक करोड १९ लाख रुपैयाँमा र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।