Ad Image

पूर्वमन्त्री मनाङेले सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745479285.jpg

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि दिएको निवेदन फिर्ता लिने भएका छन् । सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता लिएर मनाङेले बाहिर बसेर मुद्दा लड्न माग गर्दै प्रक्रिया अघि बढाउने भएका हुन् ।

 

पुनरावलोकनको निवेदनमाथि सुनुवाइ हुन समय लाग्ने भएपछि उनले निवेदन फिर्ता लिन लागेको बुझिएको छ । उनले निवेदन फिर्ताका लागि अपिल गरेकोमा बिहीबार न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

 

मनाङे आफैँ इजलासमा उपस्थित भएका छन् । २०८१ कात्तिक २० गते सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सर्वोच्चले उच्चकै फैसला सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो ।