Ad Image

एमालेले दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न प्रेरित गर्छ: सुनिता डंगोल

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745493131.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले संधै राष्ट्रका लागि काम गर्न प्रेरित गर्ने बताएकी छन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न प्रेरित गरिरहने दाबी गरेकी हुन् ।

 

उनले आफूलाई एमाले मन पर्नुको कारण बताउँदै सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने समेत बताइन् । उनले भनिन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ । त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन् । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

 

उनले देश बनाउनका लागि स्टन्ट गर्न नहुने समेत बताएकी छन् । उनले देश बनाउन स्टन्ट नभएर काम गर्ने युवाको खाँचो भएको बताएकी छन् ।

 

उपप्रमुख डंगोलले एमाललेलाई अहिले चारैतिरबाट आक्रमण भएको भन्दै जतिसुकै आक्रमण भएपनि आफूहरु विचलित नहुने दाबी समेत गरिन् ।