Ad Image

जनताको माग वास्ता नगरे सरकारबाट बाहिरिने गगन थापाको चेतावनी

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745495901.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको कुरा वेवास्ता गरे नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् । 

 

बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै थापाले सरकारले आफूहरुको आधारभूत कुरा पूरा नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

 

उनले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन, हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

 

थापाले पुराना नेताका काण देशमा असन्तुष्टि र बेचैनी बढिरहेको महसुस भएको समेत बताएका छन् ।