शिक्षक महासंघ र सरकारबीच बार्ता हुँदै, २५ जना शिक्षक नेताहरू सिंहदरबार पुगे


काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ ।
आज सिंहदरवारस्थित कार्यालयमा उक्त बार्ता हुनेछ ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ । यद्दपी, सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
मन्त्रीमा नियु्क्त हुने बितिक्कै शिक्षा मन्त्री पन्तले आन्दोलनरत शिक्षकलाइ बार्तामा बोलाएका थिए । लगत्तै, उनीहरू बार्तामा बस्न तयार भएका हुन् ।
सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् ।
गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न भन्दै शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् ।
शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले वार्ताका लागि छुट्टाछुट्टै रूपमा आह्वान गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका हुन् ।

