Ad Image

सिरहामा निजी शिक्षक राखेर आजदेखि विद्यालय खुलाउने वडाध्यक्षको तयारी

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1745894899.jpg

काठमाडौं । सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ’इन्द्रजित कुमार गोठियाले आजदेखि निजी शिक्षक राखेर सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्ने बताएका छन् । उनले एक सूचना जारी गर्दै करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका कारण गरिबका छोराछोरी पढ्न नपाउँदा मन दुखेको भन्दै अब निजी शिक्षक राखेर पढाउने जानकारी गराएका छन् । 
 
‘यो आन्दोलनले गर्दा गरिब, निमुखा, दलितको छोराछोरीहरू शिक्षाबाट बन्चित भइरहेको देखेर हाम्रो मन दुखेको छ अधिकांश शिक्षक शिक्षिकाको छोराछोरीहरु निजी विद्यालयमा अध्ययनरत रहेको ले मार खालि गरिब, निमुखा, दलितको बालबालिकाहरू परेको छ हामी निर्वाचित जनप्रतिनिधि भएको हुनाले हामी भोलि मितिः २०८२/०१/१६ गते देखि सिरहा नगरपालिका वडा नं. ६ को सबै बालबलिकाहरुको लागि निजी शिक्षक राखेर पठनपाठन सुचारु गर्न गइरहेको यसै सूचनामार्फत सबैलाई जानकारी गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।