शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रदर्शन बलियो बनाउन महासंघको आह्वान


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भएपनि शिक्षकहरुले आनदोलनलाई जारी राखेका छन् । सोमवार राति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भएको वार्तामा ठोस सहमति हुन नसकेपछि नेपाल शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबार पनि आन्दोलन जारी रहने जानकारी गराएका हुन् । उनले आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।
उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ ।’ गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको छ ।