Ad Image

दुबई कराँतेमा नेपालले जित्यो ८ पदक

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745899400.jpg

काठमाडौं ।  दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ । नेपाल सितोरियो कराँते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जितेका हुन् ।

 

अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले भने रजत पदक हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका थिए ।

 

सो जीतसँग टोली आज मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए ।