Ad Image

यार्सागुम्बा व्यापारी बनेर ३६ लाख ठगी गर्ने पूर्वहवल्दार दोहोरी साँझबाट पक्राउ

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745930349.PNG

काठमाडौं । यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पूर्व हवल्दार पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंहलाई ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरेको हो ।


 सामाजिक सञ्जालबाट चिनजान भएका एक जनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । त्यसैगरी प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा समेत उनीविरुद्ध मुद्दा रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको अर्को मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेको छ ।