जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


भक्तपुर । मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार दिउँसो खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहलाई प्रहरीले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रहरीले बताएकाे छ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय सुजन दाहाल समेत अन्य ३ जना रहेका छन् ।उनीहरुलाई बिहीबार साँझ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नगद रु. ६३ हजार ५ सय रूपैयाँ र ९ बुक
तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।