Ad Image

दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको प्राधिकरणले स्वीकार्यो

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746178368.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ । प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिना ट्रिपिङका कारण यस्तो अवस्था देखिएको प्राधिकरणले जनाएको हो ।


यसरी अवरोध हुनुको कारण ‘ट्रिपिङ’ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । यो अवधिमा प्रतिग्राहक औसत ८२५ वटा ट्रिपिङ भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए ।


यो अवधिमा भएका ट्रिपिङमा औसतमा ३७ मिनेट विद्युत् अवरोध हुने गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार यो अवधिमा औसत ५०९ घण्टा विद्युत् अवरोध भएको उनले जानकारी दिए । यो  प्रतिदिन ११३ मिनेट अवरोध हो ।  


प्राधिकरणको प्रणाली कमजोर हुँदा यो अवस्था रहेको भन्दै  सिस्टम सुधार गरेर क्रमशः यस्तो अवरोध कम हुँदै जाने शाक्यले बताए ।