Ad Image

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746189883.jpg

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन्।

 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

 

त्यस्तै,मोरङ जिल्ला विराटनगर महानगरपालिका–१५, एक नम्बर ढाँटबाट खैरो हेरोइनजस्तो देखिने १.६४ ग्राम लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ बस्ने २९ वर्षीय विकेश भट्टराई रहेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।


लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, विराटनगरबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको हो प्रहरीले बताएको छ।

 

बर्दियाको बढैयाताल गाउँपालिका–८, साघुनघारीस्थित सडकबाट ब्राउन सुगरजस्तो देखिने ६४० मिलिग्राम लागूऔषधसहित दुई जनालाई बिहीबार साँझ पक्राउ गरिएको छ।


पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८, माझ्ठानाका २८ वर्षीय महेश तिवारी र ब्यास नगरपालिका–६, दमौलीका ३० वर्षीय बिपिन अधिकारी रहेका छन्।


उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

अर्काे कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँबाट खैरो हेरोइनजस्तो देखिने ९० मिलिग्राम लागूऔषधसहित तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सुवास शाही, १८ वर्षीया एक किशोरी र जानकी गाउँपालिका–४ का २६ वर्षीय तिला राम कठरिया रहेका छन्।

 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।