Ad Image

उपत्यका विकास प्राधिकरणमा बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको धर्ना

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746427112.PNG

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा धर्ना दिएका छन् । नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले सोमबार विरोध प्रदर्शन गर्दै धर्ना दिएको हो ।

 

कपन क्षेत्रमा डुबान समस्या हल गर्न दुई वर्षमा काम सक्ने भन्दै तीन वर्षअघि ठेक्का लागेपनि प्राधिकरणले वेवास्ता गर्दा हालसम्म काम नभएको भन्दै बुढानीलकण्डका जनप्रतिनिधि धर्ना बसेका हुन् । उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको उनीहरुको आरोप छ ।

 

धर्नामा बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको समेत उपस्थिति छ ।

 

नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने बताएका छन् । उनले ठोस प्रतिबद्धता प्राप्त नभएसम्म धर्ना जारी राख्ने चेतावनी समेत दिए ।