Ad Image

आज सुनको मूल्य प्रतितोला ५ हजार ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746511832.jpg

काठमाडौं । आज सुनको मूल्य प्रतिताेला पाँच हजार तीन सय रुपैयाँले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्वरुप नेपालमा सुनको मूल्य प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । सोमबार सुन प्रतितोला रु एक लाख ८४ हजार ६०० मा किनबेच भएको थियो ।


त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार ९६५ मा किनबेच भइरहेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।