Ad Image

फेरि जुट्दै राजावादी, साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746623427.jpg

काठमाडौं । लामो कसरतपछि राजावादी शक्तिहरू अन्ततः एक ठाउँ आइपुगेका छन् । उनीहरुले भोलि संयुक्त साझा आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी छ ।नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाको निमित्त गठित जनआन्दोलन समितिको आयोजनामा भोलि वैशाख २५ गते सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।

 

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी र हिन्दुवादी संघसंस्था र अभियानको सहभागिता रहने बताइएको छ । 

 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने जानकारी दिए । उनले भने, कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनु हुनेछ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ । भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघसंस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दावी छ । 

 

बेग्लाबेग्लै गरेका आन्दोलनहरु अपेक्षितरुपमा प्रभावकारी हुन नसकेपछि राजावादीहरु सहकार्यमा आउन बाध्य भएका हुन् । यसअघि जुँगाको लडाईंले गर्दा राजावादी नेताहरुले एक–अर्काको अस्तित्व स्वीकार्न सकिरहेका थिएनन् ।