ओली–देउवा भेटपछि मन्त्रिपरिषद बैठक सुरु, पाउला त मुलुकले नयाँ गभर्नर ?


काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ। बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक झन्डै तीन घन्टा ढिलो गरी सुरू भएको हो । मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।
सो अघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो । राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रिपरिषद बैठक अघि यो भेट भएको हो ।