Ad Image

देशका विभिन्न स्थानमा ४ जनाको शव फेला

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746787985.jpg

काठमाडौं । देशका विभिन्न स्थानबाट बिहीवार र शुक्रवार ४ जनाको शव फेला परेको छ ।

 

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० स्थित सन्तोष दनुवारको पसल अगाडी एक जनाको शव फेला परेको छ । त्रियुगा नगरपालिका-७ चुहाडे घर भएका ३७ वर्षीय राजकुमार दनुवारको शव बिहीवार फेला परेको प्रहरीले जनाएकाे छ ।

  

त्यसैगरी सिराहाको  सिरहा नगरपालिका-७ स्थित कमला खोलामा एक जनाको शव फेला परेको छ । सिरहा -४ रमौल बस्ने नुर महम्मदको  १३ वर्षीय छोरा मो.आशिन बिहीवार मृत अवस्थामा फेला परेका छन् ।


यसैगरी सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी टोलमा एक जनाको शव भेटिएको छ । शुक्रवार भगवानपुर-४ बस्ने ३५ वर्षीय बाहुबलि भन्ने भोगेन्द्र मण्डल पोखरीको डिलमा मृत अवस्थामा फेला परेका छन् ।


कास्की जिल्ला पोखरा महानगरपालिका-२० भलामस्थित सडकमा  एक व्यक्तिको शव फेला परेको छ । पर्सा वीरगंज महानगरपालिका-२२ घर भएका ६७ वर्षीय विपत माझी बिहीवार मृत अवस्थामा फेला परेका छन् ।

 

यी सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।